सहिद लखन थापा मगरको १३५औं स्मिर्ती दिवस
बिजय हितान

यु के मगर संघको तत्वधानमा नेपलका प्रथम सहिद लखन थापा मगरको १३५ औं स्मिर्ती दिवस साउथ ह्यारो, लन्डनमा सनिबार ११ फेब्रुअरी २०१२ को दिन सम्पन भयो । सँघका उपाधछ्य हेम सेठको सम्योजकमा गरिएको उक्त कार्यक्रमलाई अध्धछ्य कुल बहादुर थापाले सभापतित्व गर्नु भएको थियो । नेपालबाट पाल्नुभएका कास्की मगर सङ्हका पूर्व अध्धछ्य कृष्ण बहादुर थापा मुख्य अतिथि र एन आर एन का अध्ध्छय कुल आचार्य बिशेष अतिथि रहनु भएको यस स्मिर्ती दिवसमा साहित्तिक तथा साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरियो ।
बेग पाइपरको सुमधुर स्वरमा सहिद लखनको फोटोलाई अगाडी हालेर आमन्त्रित पाहुनाहरूको साथ हलभित्र प्रबेस गरेपछी पानसमा बत्ति बालेर र एक मिनट मौन धारण गरेपछी मुख्य कार्यक्रम अगाडीको बढेको थियो । बिभिन्न सामाजिक तथा साहित्यिक सङठनहरुबाट पाल्नु भएका पाहुनाहरूले सहिद लखनको सम्झनामा कबिता पाठ, गीत गायन र प्रबचन दिनुभएको थियो । सशी सुब्बा थापा, ड रुपक श्रेष्ठ, बिजय हितान, दुत पुन, नानु राना, कृष्ण पुन, पूर्ण राना, सान्तिरामा मगर, बिसन थापा, अती पुन, देबी आले, गुप्त आले, घन थापा इत्यादी स्रस्टाहरूले कबिताहरू पढेर लखनप्रती स्रदान्जली ब्यक्त गर्नु भयो । ड श्रेष्ठले सहिद गेटमा रहेको राजा त्रिभुवनको मुर्तिलाई हटाइ सहिद लखनको सालिक राखिनु पर्छ भनि प्रस्ताव राख्नु भएको थियो । त्यसैगरि दुत पुन ज्युले बुट्वल, पोखरा र गोरखामा बनाइएको सहिद लखनको सालिकलाई पावर पोइन्टमा प्रस्तुत गर्दै 'अब लखन तिमी काठमान्डुमा आउनुपर्छ' भनि एक ब्याङ्यात्मक कबिता पढेर सुनाउनु भएको थियो । कार्यक्रमको मध्यतिर क्याप्टेन वीर बहादुर थापाले आफनै एलबमको रास्ट्रिय भावनाले ओतप्रोत गाना गाएर उपस्थित समुदायलाई मन्त्रमुग्ध पार्नुभएको थियो ।

लखन थापा मगर को थिए
लखन थापा मगरलाई तत्कालिन सासक जङबहादुर राणाद्वारा सन १८७७ फेब्रुअरी १८ मा झुन्डाएर मारियको थियो । नेपालिलाई निरङ्कुस सासनको पन्जाबाट स्वातन्त्र गराउने जन आन्दोलनमा लागे बापत देशद्रोहीको मुद्दामा यस्तो सँजाए दीइएको थियो । यस्ता नेपाल आमाका पहिला जनयोद्दा गोरखा बुङकोटको काउले गाउँमा सन १८३४ मा जन्मेका थिए । उनका बाबु भारतीय सेनामा हुनाले ४/५ बर्षको उमेरमा भारतको लखनौ गइ बाल्यकालको सिच्छ्या हाँसिल गरे । सन १८५४ मा नेपाल फर्की नेपालि सेनाको मगर पल्टन पुरानो गोरख गणमा भर्ती भए ।
२००७ सालको प्रजातन्त्र प्राप्तिका प्रेरणाका स्रोत
लखन सैन्य कुसलतामा निपुर्ण भएकाले भर्ती भएको १४ बर्षमै केप्टेन दर्जामा पदोन्नती हुन्छन् । भारतमा आधिपत्य जमाएको ब्रिटिश साम्राज्यबादलाई निरन्तरता दिने र आफ्नो सरकारलाई ब्रिटिशको पन्जाबाट जोगाइराख्ने निति त्यति बेलाको नेपाल सरकारको थियो। त्यसैले स्वएंम जङबहादुरको नेर्तुत्वमा लखनौमा सिपाही बिद्रोह दबाउन ठुलो नेपालि फौज गएको थियो जसमा कप्तान लखन थापा मगर पनि पुरानो गोरख गणलाई नेत्रुत्व गर्दै लडाईंमा गएका थिए । तर लखनलाई त्यतिबेला आफ्नै छिमेकी रास्ट्रका जनतालाई बन्दुकको गोलीले हत्या गरेको प्याटै मन न परेको हुन सक्छ । उनी त्यतिबेला भारतमा चलेको स्वातन्त्र आन्दोलनबाट अतिनै प्रभाबित भएको हुनुपर्छ । तर एक सिच्छित अनि सचेत युवकलाई न त नेपालि सेनामा बिधमान नाताबाद क्रिपाबाद नै मन पर्यो होला न त सोझा साझा नेपालि जनताप्रती सरकारले गरेको सोशण नै । त्यसकारण सेनाको यसपुर्ण जिवनलाई सन १८७० मा त्यागेर आफ्नो पदबाट राजिनामा दीइ गोरखामा गएर जनसमुदाय बटुलेर निरङ्कुस राणासासनको बिरुद्द लडेर देशलाई मुक्तिको बाटोतिर लग्ने प्रणय गर्दछन् । राणा सरकारको बारेमा कोही चुइक्क बोल्न नसक्ने अवस्थामा उनले गोरखामा तीन हजार फौज तैनाथ गरि जङबहादुरलाई चुनौती दिन्छन् । साथै राणा सरकारको बिरुद्दमा जनचेतना अभियानमा जुट्छन । फल्सरुप सहिद लखनलाई २००७ सालको प्रजातन्त्र प्राप्तिका प्रेरणाका प्रमुख स्रोत हुनुहुन्छ भन्दा अत्युक्ती न होला ।

जनस्रुती
भनिन्छ लखन एक सैनिक कमान्डर, साहसी सहिद मात्रै थिएनन एक सिद्द पनि थिए । अझैपनी सुन्न पाईन्छ उनी गोरखाका राजा राम साह का सिद्द गुरु लखन थापा मगर प्रथमका पुनरजन्म थिए । राम साहका पत्नी लिलावती जो देबिकी रुप थीइन, सति जाने बेलामा सिद्द लखनलाई भनेकी थिएन रे 'म मरेर मनकामना भई जन्म लिनेछु र तिमी त्यहि मेरो पुजारी भएर जन्मने छौ' । जङबहादुरको मृत्यु कसरी र कहीले भयो भनि नेपालि इतिहासमा नखुलेको बेला भनिन्छ लखन र जङबहादुरको मृत्यु एकै समयमा भएको थियो । जब लखन थापालाई मार्ने समाचार सुने पछि जङबहादुरकी एक श्रीमतीले सपनामा 'यदी लखनलाई मार्ने हो भने तेरो लोग्ने पनि एक हप्तामा मर्नेछ ' भनेको देखे पछि जङबहादुर स्वंएम गोरखा गएका थिए रे आफैले मार्न पठाएका सैनिकलाई न मार भन्न । तर उनी गोरखा पुग्दा उनका सैनिकले लखनलाई झून्डाइसकेका र बाटोमा फर्कदा सेतो बाघले टोकेर जङबहादुरको मृत्यु भएको जन स्रुती छ ।
के भैरहेछ सहिद लखनको बारेमा
जनताको लामो संघर्स र मागपछी सरकारले बिक्रम सम्बत २०५८ मा लखनलाई नेपालको सहिद घोषणा गरेको छ । तर उनलाई नेपालको पहिलो सहिद घोषणा गरेर अरु चार सहिद धर्मभक्त, गङालाल, दसरथ र सुक्रराजलाई जस्तै मान्यता दीइनु पर्छ भन्ने जन चाहनालाई अहिलेको सरकारले लत्याउँदै आएको छ । तर अमर सहिदलाई भगवान् सरह पुज्ने नेपालि जनताले आफनै तरिकाले सहिद लखनलाई स्रदान्जली दिंदै आइरहेका छन् । तदनुसार बूट्वल, पोखरा र उनकै गाउँ बुङ्कोटमा सालिक निर्माण गरेका छन् । नेपालमा उनको नाममा लखन थापा प्रतिस्ठान खोलिएको छ जसले उनको बारेमा अझै बढी खोज कार्य गर्दैछ । त्यसैगरी नेपाल अनि सँसारैभरी उनको स्मिर्तिदिवस हरेक नेपालि संगठनहरूले बर्सैपिछे मनाउंदै आएका छन् ।
