You are here: Home News स्विनडनमा देउसी भैलो कार्यक्रम

Magar Association UK

स्विनडनमा देउसी भैलो कार्यक्रम

Print

swindon-dipawali-2011

यहि २२ अक्टोबर २०११ तारिखका दिन सुइन्डन स्थीत सुपरम्यारिन रग्बी क्लवको हलमा मगर संघ युके सुइन्डन शाखा कमिटिले सांस्कृतिक सहअस्तित्वलाई ध्यानमा राख्दै यस बर्षको तिहार पनि एक भब्य द्यौसी भैलो कार्यक्रमको अfयोजना गरी मनाएको छ । मगर संघ युके, केन्द्रिय समितिका सभापति मे.रि.श्री कुल बहादुर थापा मगर ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व मगर संघ युके सुइन्डन शाखा कमिटिका सभापति श्री मोहन थापामगर ज्यूले गर्नु भएको थियो । संघका सचिव श्री राजु रानामगर र संचार सचिव श्री रिम गलामीमगरले संचालन गरेको उक्त कार्यक्रममा बिशेष अतिथिको रूपमा विलशायर नेपाली संघका  अध्यक्ष क्या. रि. श्री खिम थापामगर ज्यू हुनुहुन्थ्यो भने त्यस्तै अन्य अतिथिहरूमा मगर संघ युके केन्द्रिय कमिटिका सल्लाहकार मेजर श्री सन्त पुनमगर ज्यू, किरात राई यायोक्खा सुइन्डन शाखा कमिटिका अध्यक्ष श्री धन राई ज्यू, साथै सोही समाजका कोषाध्यIf श्री जगत राई ज्यू, किरात याक्थुम चुम्लुङ सुइन्डन शाखाका उपाध्यक्ष श्रीमति कोपिला सुब्बा ज्यू, सोही समाजका सल्लाहकार श्री राम कुमार लिम्बु ज्यू, मगर संघ युके रशमुर शाखाका सदस्य श्री हिरा बहादुर पुनमगर ज्यू, मगर महिला संघ रशमुर शाखाका अध्यक्ष श्रीमति छबिमाया पुनमगर ज्यू हुनुहुन्थ्यो । कार्यक्रममा प्राय सबै अतिथिहरूले तिहारको अबसरमा आफनो शुभ कामना मन्तब्य राख्नु भएको थियो । त्यसैगरी यस वर्ष युकेको बिभिन्न स्कूल,कलेज र यूनिभरसिटिबाट जि.सि.एस.ई., ए. लेवल र ग्रेजुयट डिग्रीको अन्तिम परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने सुइन्डन शाखा अन्तर्गतका मगर बिद्यार्थीहरूलाई प्रमुख अतिथि, बिशेष अतिथि र सल्लाहकारहरू क्रमशः मे.रि. कुल बहादुर थापामगर, रि.क्या. खिम थापामगर र मेजर सन्त पुनमगर ज्यूद्वारा हार्दिक बधाई तथा शुभ कामना दिदै प्रसंशा पत्र प्रदान गरिएको थियो । प्रसंशित हुने मगर बिद्यार्थीहरूमा जि.सि.एस.ई. उत्तिर्ण गर्नेहरू सृजना पुनमगर, आश्मा पुनमगर, बिवेक गलामीमगर, अशिम थापामगर, तिर्सना थापामगर, l;h{gf yfkfdu/, एलिसा थापामगर, सरोज थापामगर, निलम थापामगर, बिसन थापामगर, इशा दर्लामीमगर त्यस्तै गरी ए. लेबल उत्तिर्ण गर्नेहरूमा गंगा थापामगर, किसन श्रीसमगर, दिपेन्द्र पुनमगर, सम्झना रानामगर, पवित्रा थापामगर, सोनिका कालामगर, सुमन सारूमगर, सुनिल सारूमगर र ग्रेजुयट डिग्री उत्तिर्ण गर्नेमा शोमन रानामगर हुनुहुन्थ्यो ।

कार्यक्रमको दोस्रो चरणमा सांस्कृतिक बिभाग प्रमुख लोक थापामगर र सोही बिभागका सहप्रमुख नेप घर्तिमगरले संचालन गरेको द्यौसी भैलो कार्यक्रममा कलाकारहरू लगायत महिला दिदी बहिनीहरूको पनि सहभागिता थियो भने अन्य सांस्कृतिक कोशेलीहरूलाई प्रस्तुत गर्नको निम्ति खेलकूद बिभाग प्रमुख भिम पुनमगर, मगर महिला समितिका सदस्य श्रीमति नानु रानामगर,सोही समितिका सदस्य श्रीमति इन्दिरा गलामीमगर र सास्कृतिक समितिका सदस्यहरू सुश्री ललिता थापामगर, सम्झना रानामगर, गंगा थापामगर र बिवेक गलामीमगरले बिशेष भुमिका निर्भाह गर्नुभएको थियो । म्यूजिक अपरेटरमा मनोरञ्जन बिभाग प्रमुख ललित गर्बुजामगर र समाजका सदस्य नर बहादुर रानामगर हुनुहुन्थ्यो । संघका उपाध्यक्ष श्री बिल श्रीसमगरको नेतृत्वमा कोषाध्यक्ष पिताम्बर रानामगर, सदस्यहरू प्रेम थापामगर, भिम श्रीसमगर, रूक पुनमगर, दिपक थापामगर, देउजीत तिलिजामगर, राज बुढामगर, खिम रोकामगर हरूको संयुक्त प्रयासमा कार्यक्रमको सुरक्षा तथा व्यवस्थापन सम्बन्धि कार्य सम्पन्न गरिएको थियो । इलेक्ट्रोनिक पत्र मार्फत संस्थाका हरेक साधारण सदस्यहरूको घर दैलोमा सम्झना पुरयाउने उदेश्यले कार्यक्रमको संपूर्ण क्षण र दृश्यहरूलाई क्यामेरामा कैद गर्ने महत्वपूर्ण भूमिका संस्थाका फोटोग्राफर श्री कुमार पुनमगर ज्यूले निभाउनु भएको थियो ।

अन्तमा कार्यक्रम पूर्णरूपले सफल पार्नको निम्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सहयोग गर्नु हुने सम्पूर्ण सबैमा बिशेष धन्यबाद ज्ञापन गर्नु हुदै मगर महिला संयोजक समितिका संयोजक श्रीमति बिष्णु श्रीसमगरले कार्यक्रमsf] समापन गर्नु भएको थियो ।

रिम गलामीमगर

 

Upcoming Events

Sat May 19, 2012 @00:00 - 11:59PM
Budhha Purnima 2012 Coordinating Meeting
Sat Jun 02, 2012 @00:00 - 11:59PM
Buddha Purnima Celebration 2012
Sat Jun 09, 2012 @00:00 - 11:59PM
Buddha Purnina Post Meeting

Advertisements

Who's Online

We have 7 guests online