You are here: Home News मगर संघ बेलायतको त्रैमासिक बैठक

Magar Association UK

मगर संघ बेलायतको त्रैमासिक बैठक

Print

मगर संघ बेलायतको त्रैमासिक बैठक

बिजय हितान

गत शनिबार ५ नोभेम्बर २०११ को दिन केन्टको तटवर्तीय रमणिय सहर डोभरमा मगर संघ बेलायतको त्रैमासिक बैठक सम्पन्न भयो । बैठक को मुख्य उद्देस्य आगामी बर्ष २०१२ मा आयोजना गरिने कार्यक्रमहरुको बारेमा ब्रिस्तीत छलफल गर्नु थियो । बिहान ११ बजे सुरु उक्त बैठकलाई सङ्घका महासचिव योग फगामी मगरले सन्चालन गर्नु भएको थियो भने बर्तमान अध्यछ्य मेजर (रिटायर्ड) कुल बहादुर थापा मगरले सभापतित्व गर्नु भएको थियो। प्रतेक तीन तीन महिनामा इकाइ समितिहरुमा पालै पालो राखिने यस केन्द्रिय स्तरको भेलामा ९ वटै इकाइ समितिहरुबाट अध्यछ्य, सचिव वा प्रतिनिधिले प्रतिनिधित्व गर्नु भएको थियो । MAUK Quarterly meeting

सर्बप्रथम नेपालका प्रथम सहिद लखन थापा मगरको १३५ औं दिवस कहाँ र कसरी मनाउने भन्ने बिषयमा बहस गरिएको थियो । लन्डनको वेम्बले इकाइ समितिको मातहतमा ११ फेब्रुअरी २०१२ मा उक्त दिवस बिभिन्न कार्यक्रम गरेर मनाइदै छ । गत बर्ष जस्तै यस पल्ट पनि बेलायत भरिका सम्पुर्ण नेपाली संगठनहरुलाई सम्मिलित गर्दै सहिदको सम्झनालाई झल्काउने खालका कबिता, गीत, गजल बाचन गरेर; नाटक तथा न्रितयहरु प्रस्तुत गरेर यस कार्यक्रमलाई मनाउने निर्णय गरियो । सहिद लखन थापा मगर मगर जातिको मात्रै नरही सम्पुर्ण नेपालीहरुको महान ब्यक्तित्व भएको महसुस गर्दै यस बिषयलाई बेलायतमा रहेका अन्य सम्पुर्ण संगठनहरुमा पनि पुर्‍याउनु पर्ने भेलामा उपस्थित सबैको मान्यता थियो । अर्को चरणमा मगर सङघले प्रतेक बर्ष आयोजना गर्ने कार्यक्रमहरु जस्तै मगर दिवस, बार्सिक सम्मेलन, लखन थापा फुटबल कप, बुद्द पुर्णिमा ओपन कन्सर्ट र तमु धि ले आयोजना गर्ने नेपाली मेलामा सहभागिता, मुख पत्र कानुङ लाङ्हा, मगर युवा सङठन, नेपालमा प्रदान गरिने छात्रब्रिति, मगर भवन इत्यादीको बारेमा पनि छलफल गरियो । मगर दिवस सनिबार १८ फेब्रुअरिमा प्लमस्टिड एकाइ समितिमा, बार्सिक सम्मेलन शनिबार १४ अप्रिलमा फार्न्बरोमा, लखन थापा फुटबल कप २८ अप्रिलमा फार्न्बरोमा, बुद्द पुर्णिमा ओपन कन्सर्ट २६ मे मा फार्नबरोमा आयोजना गरिने बिषयमा पनि प्रकास पारिएको थियो । यसपालीको लखन कपमा १२ बर्ष भन्दा मुनिका बालकहरुलाई पनि सम्मिलित गर्नु पर्छकी भनि प्रस्ताब आएको थियो । त्यसै गरि हङ्कङबाट पाल्नुभएका भुतपुर्बक अध्यछ्य होम थापा मगरले बिश्व मगर महासंघको परिकल्पना गर्दै त्यसलाई बेलायती मगरहरुले अगुवाइ गर्नु पर्छकी भन्ने तर्क पेस गर्नुभएको थियो । मगर युवा सङठनले टी शर्ट डिजाइन गरेका र फेसबुक खाता खोलेका यसका सम्योजक नेम बहादुर थापा मगरले जानकारी दिनु भयो । अनी क्याप्टेन (रिटायर्ड) बलराम घले मगरले मगर भवन खरिद तथा निर्माण गर्न सङ्कलन गरिदै गरेको हिसाब किताब प्रस्तुत गर्दै यस योजनालाई सम्पुर्ण बेलायत बासी मगरहरु र एकाइ समितिहरुले सहयोग पुर्‍याउन आभ्वान गर्नु भएको थियो ।

कार्यक्रमको मध्यतिर सार्जन्ट रुद्र थापा मगरको समुहले तयार पारेको स्वादिलो मेसिङ भोजन गरिएको थियो । अनी अन्त्यमा सभापतिलेज्युले सबैलाई  बैठकमा उपस्थित भैदिएकोमा धन्यबाद दिंदै सभा बिसर्जन गर्नु भएको थियो ।

 

Upcoming Events

Sat May 19, 2012 @00:00 - 11:59PM
Budhha Purnima 2012 Coordinating Meeting
Sat Jun 02, 2012 @00:00 - 11:59PM
Buddha Purnima Celebration 2012
Sat Jun 09, 2012 @00:00 - 11:59PM
Buddha Purnina Post Meeting

Advertisements

Who's Online

We have 6 guests online