पुनको भाषा, धर्म, संस्कृति र संस्कार छुट्टै भएकोले उनीहरु मगर हैनन् भन्दै आएको पहिला पुन मगर समाज (पछि पुन समाज नेपाल) का नेताहरुबीच बिचारको मारामार भैरहेको समाचार प्राप्त भएकोछ । पुनलाई मगर हैनन् भन्नेमा त्यसका महासचिव खेमन सेर्पुजा प्रमुख थिए । उनी त्यस संस्थाका महासचिव हुन् । उनी यसअघि नारायणसींह पुनका पार्टीमा सदस्य थिए । अहिले उनी अल्पमतमा परेको बताइनछ ।
उनले सोझा साझा भूपू बृद्धहरुलाई गलत ब्याख्या गरी रातारात भेला बोलाई पुन मगर समाजको नाम परिवर्तन गरि पुन समाज नेपाल राखेकाथिए । उनलाई साथ दिने एमाले कास्कीका सक्रिय कार्यकर्ता तिलक पुर्जा थिए । पुन समाजका उनी केन्द्रिय सदस्य तथा संगठन सचिव हुन् । यी दुई मिलेर लाखौं पुनहरुलाई मगर होइनौ है भन्दै बिखण्डनको राजनीति गर्दे आइरहेकाथिए । र, सोझासाझा पुनबाट मोटो रकम उठाउदै मोज गरिरहेकाथिए । अध्यक्ष केशर पुर्जा विदेश शयरमा गएको मौका छोपी यी दुईले आँउदो जनगणना २०६८ मा जातमा पुन लेखाउने, धर्ममा प्राकृतिक र भाषामा खाम लेखाउन अनुरोध गरेकाथिए । त्यसबारे मिडियामा पनि ठूलो प्रचारवाजी गरेकाथिए । राज्यसत्ता डटकमको ताजा समाचार यहाँ छ
