You are here: Home News

Magar Association UK

सहिद लखन थापा मगरको १३५औं स्मिर्ती दिवस

Print

सहिद लखन थापा मगरको १३५औं स्मिर्ती दिवस

बिजय हितान

यु के मगर संघको तत्वधानमा नेपलका प्रथम सहिद लखन थापा मगरको १३५ औं स्मिर्ती दिवस साउथ ह्यारो, लन्डनमा सनिबार ११ फेब्रुअरी २०१२ को दिन सम्पन भयो । सँघका उपाधछ्य हेम सेठको सम्योजकमा गरिएको उक्त कार्यक्रमलाई अध्धछ्य कुल बहादुर थापाले सभापतित्व गर्नु भएको थियो ।  नेपालबाट पाल्नुभएका कास्की मगर सङ्हका पूर्व अध्धछ्य कृष्ण बहादुर थापा मुख्य अतिथि र एन आर एन का अध्ध्छय कुल आचार्य बिशेष अतिथि रहनु भएको यस स्मिर्ती दिवसमा साहित्तिक तथा साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरियो ।

बेग पाइपरको सुमधुर स्वरमा सहिद लखनको फोटोलाई अगाडी हालेर आमन्त्रित पाहुनाहरूको साथ हलभित्र प्रबेस गरेपछी पानसमा बत्ति बालेर र एक मिनट मौन धारण गरेपछी मुख्य कार्यक्रम अगाडीको बढेको थियो । बिभिन्न सामाजिक तथा साहित्यिक सङठनहरुबाट पाल्नु भएका पाहुनाहरूले सहिद लखनको सम्झनामा कबिता पाठ, गीत गायन र प्रबचन दिनुभएको थियो । सशी सुब्बा थापा, ड रुपक श्रेष्ठ, बिजय हितान, दुत पुन, नानु राना, कृष्ण पुन, पूर्ण राना, सान्तिरामा मगर, बिसन थापा, अती पुन, देबी आले, गुप्त आले, घन थापा  इत्यादी स्रस्टाहरूले कबिताहरू पढेर लखनप्रती स्रदान्जली ब्यक्त गर्नु भयो । ड श्रेष्ठले सहिद गेटमा रहेको राजा त्रिभुवनको मुर्तिलाई हटाइ सहिद लखनको सालिक राखिनु पर्छ भनि प्रस्ताव राख्नु भएको थियो । त्यसैगरि दुत पुन ज्युले बुट्वल, पोखरा र गोरखामा बनाइएको सहिद लखनको सालिकलाई पावर पोइन्टमा प्रस्तुत गर्दै  'अब लखन तिमी काठमान्डुमा आउनुपर्छ' भनि एक ब्याङ्यात्मक कबिता पढेर सुनाउनु भएको थियो । कार्यक्रमको मध्यतिर क्याप्टेन वीर बहादुर थापाले आफनै एलबमको रास्ट्रिय भावनाले ओतप्रोत गाना गाएर उपस्थित समुदायलाई मन्त्रमुग्ध पार्नुभएको थियो ।

लखन थापा मगर को थिए

लखन थापा मगरलाई तत्कालिन सासक जङबहादुर राणाद्वारा सन १८७७ फेब्रुअरी १८ मा झुन्डाएर मारियको थियो । नेपालिलाई निरङ्कुस सासनको पन्जाबाट स्वातन्त्र गराउने जन आन्दोलनमा लागे बापत देशद्रोहीको मुद्दामा यस्तो सँजाए दीइएको थियो । यस्ता नेपाल आमाका पहिला जनयोद्दा गोरखा बुङकोटको काउले गाउँमा सन १८३४ मा जन्मेका थिए । उनका बाबु भारतीय सेनामा हुनाले ४/५ बर्षको उमेरमा भारतको लखनौ गइ बाल्यकालको सिच्छ्या हाँसिल गरे । सन १८५४ मा नेपाल फर्की नेपालि सेनाको मगर पल्टन पुरानो गोरख गणमा भर्ती भए ।

२००७ सालको प्रजातन्त्र प्राप्तिका प्रेरणाका स्रोत

लखन सैन्य कुसलतामा निपुर्ण भएकाले भर्ती भएको १४ बर्षमै केप्टेन दर्जामा पदोन्नती हुन्छन् । भारतमा आधिपत्य जमाएको ब्रिटिश साम्राज्यबादलाई निरन्तरता दिने र आफ्नो  सरकारलाई ब्रिटिशको पन्जाबाट जोगाइराख्ने निति त्यति बेलाको नेपाल सरकारको थियो। त्यसैले स्वएंम जङबहादुरको नेर्तुत्वमा लखनौमा सिपाही बिद्रोह दबाउन ठुलो नेपालि फौज गएको थियो जसमा कप्तान लखन थापा मगर पनि पुरानो गोरख गणलाई नेत्रुत्व गर्दै लडाईंमा गएका थिए । तर लखनलाई त्यतिबेला आफ्नै छिमेकी रास्ट्रका जनतालाई बन्दुकको गोलीले हत्या गरेको प्याटै मन न परेको हुन सक्छ । उनी त्यतिबेला भारतमा चलेको स्वातन्त्र आन्दोलनबाट अतिनै प्रभाबित भएको हुनुपर्छ । तर एक सिच्छित अनि सचेत युवकलाई न त नेपालि सेनामा बिधमान नाताबाद क्रिपाबाद नै मन पर्‍यो होला न त सोझा साझा नेपालि जनताप्रती सरकारले गरेको सोशण नै । त्यसकारण सेनाको यसपुर्ण जिवनलाई सन १८७० मा त्यागेर आफ्नो पदबाट राजिनामा दीइ गोरखामा गएर जनसमुदाय बटुलेर निरङ्कुस राणासासनको बिरुद्द लडेर देशलाई मुक्तिको बाटोतिर लग्ने प्रणय गर्दछन् । राणा सरकारको बारेमा कोही चुइक्क बोल्न नसक्ने अवस्थामा उनले गोरखामा तीन हजार फौज तैनाथ गरि जङबहादुरलाई चुनौती दिन्छन् । साथै राणा सरकारको बिरुद्दमा जनचेतना अभियानमा जुट्छन । फल्सरुप सहिद लखनलाई २००७ सालको प्रजातन्त्र प्राप्तिका प्रेरणाका प्रमुख स्रोत हुनुहुन्छ भन्दा अत्युक्ती न होला ।

जनस्रुती

भनिन्छ लखन एक सैनिक कमान्डर, साहसी सहिद मात्रै थिएनन एक सिद्द पनि थिए । अझैपनी सुन्न पाईन्छ उनी गोरखाका राजा राम साह का सिद्द गुरु लखन थापा मगर प्रथमका पुनरजन्म थिए । राम साहका पत्नी लिलावती जो देबिकी रुप थीइन, सति जाने बेलामा सिद्द लखनलाई भनेकी थिएन रे 'म मरेर मनकामना भई जन्म लिनेछु र तिमी त्यहि मेरो पुजारी भएर जन्मने छौ' । जङबहादुरको मृत्‍यु कसरी र कहीले भयो भनि नेपालि इतिहासमा नखुलेको बेला भनिन्छ लखन र जङबहादुरको मृत्‍यु एकै समयमा भएको थियो । जब लखन थापालाई मार्ने समाचार सुने पछि जङबहादुरकी एक श्रीमतीले सपनामा 'यदी लखनलाई मार्ने हो भने तेरो लोग्ने पनि एक हप्तामा मर्नेछ ' भनेको देखे पछि जङबहादुर स्वंएम गोरखा गएका थिए रे आफैले मार्न पठाएका सैनिकलाई न मार भन्न । तर उनी गोरखा पुग्दा उनका सैनिकले लखनलाई झून्डाइसकेका र बाटोमा फर्कदा सेतो बाघले टोकेर जङबहादुरको मृत्‍यु भएको जन स्रुती छ ।

के भैरहेछ सहिद लखनको बारेमा

जनताको लामो संघर्स र मागपछी सरकारले बिक्रम सम्बत २०५८ मा लखनलाई नेपालको सहिद घोषणा गरेको छ । तर उनलाई नेपालको पहिलो सहिद घोषणा गरेर अरु चार सहिद धर्मभक्त, गङालाल, दसरथ र सुक्रराजलाई जस्तै मान्यता दीइनु पर्छ भन्ने जन चाहनालाई अहिलेको सरकारले लत्याउँदै आएको छ । तर अमर सहिदलाई भगवान् सरह पुज्ने नेपालि जनताले आफनै तरिकाले सहिद लखनलाई स्रदान्जली दिंदै आइरहेका छन् । तदनुसार बूट्वल, पोखरा र उनकै गाउँ बुङ्कोटमा सालिक निर्माण गरेका छन् । नेपालमा उनको नाममा लखन थापा प्रतिस्ठान खोलिएको छ जसले उनको बारेमा अझै बढी खोज कार्य गर्दैछ । त्यसैगरी नेपाल अनि सँसारैभरी उनको स्मिर्तिदिवस हरेक नेपालि संगठनहरूले बर्सैपिछे मनाउंदै आएका छन् ।

 

नेपाल मगर विधार्थीको सातौ माहाधिवेशन प्रेस विज्ञप्ती

Print

नेपाल मगर विद्यार्थी संघको सातौं राष्ट्रिय महाधिवेशन तनहुँ जिल्लाको दमौलिमा यहि माघ १३ देखि १५ गतेसम्म सम्पन्न भयो । मगरात स्वयत्ततासहिताके अखण्ड र समृद्ध नेपाल निर्माणका लागि हाम्रो आन्दोलन, वैज्ञानिक, व्यवहारिक र सडंघीय शिक्षाप्रणालिको पक्षमा सातौं राष्ट्रिय महाधिवेशन भन्ने मूल नाराका साथ दमौलिको उद्योग वाणिज्य संघको हलमा सम्पन्न महाधिवेशनको बन्द सत्रले संघको नयाँ नेतृत्वको चयन गर्नुका साथै विभिन्न समसमायिक प्रस्तावहरुसमेत पारित गरेको छ ।

नेपाल मगर विद्यार्थी संघको तनहुँको दमौलीमा सम्पन्न सातौ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिका पदाधिकारी एवम् सदस्यहरुको नामावली :-

अध्यक्ष :- रेनुका काउचामगर

वरिष्ठ उपाध्यक्ष :- दिपु श्रीसमगर

महिला उपाध्यक्ष :-  दिपा आलेमगर

अठार मगरात भाषिक उपाध्यक्ष :-  खेम बुढामगर

बाह्र मगरात भाषिक उपाध्यक्ष :-  सुमन थापामगर

महासचिव :-  बलबिर बुढामगर

सचिव :-  डम्मर गरञ्जामगर

संगठन सचिव :-  दिनेश रानामगर

प्रचारप्रसार तथा प्रकाशन सचिव :-  खम थापामगर

विदेश सचिव :-  कुल र्घर्तीमगर

महिला सचिव :-  युरिका मगर

कोषाध्यक्ष  :- सुबास आलेमगर

केन्द्रिय सदस्य बागमती :-  अप्सरा रानामगर

केन्द्रिय सदस्य बागमती :-  सावित्री थापामगर

केन्द्रिय सदस्य बागमती :-  कोकिल अस्तानीमगर

केन्द्रिय सदस्य बागमती :-  विशाल कुमार रानामगर

केन्द्रिय सदस्य बागमती  :- कमल थापामगर

केन्द्रिय सदस्य गण्डकी  :- जेनिशा पुनमगर

केन्द्रिय सदस्य गण्डकी  :- गोम बहादुर रानामगर

केन्द्रिय सदस्य गण्डकी  :- गोविन्द पुनमगर

केन्द्रिय सदस्य गण्डकी  :- सम्झना थापामगर

केन्द्रिय सदस्य लुम्बिनी  :- प्रेम बहादुर सोमईमगर

केन्द्रिय सदस्य लुम्बिनी :- रेशम थापामगर

केन्द्रिय सदस्य लुम्बिनी :- संगिता थापामगर

केन्द्रिय सदस्य लुम्बिनी :- नितु थापामगर

केन्द्रिय सदस्य नारायणी :-  रञ्जन कुमार आलेमगर

केन्द्रिय सदस्य नारायणी :-  रविन थापामगर

केन्द्रिय सदस्य नारायणी  :- कुमारी पुनमगर

केन्द्रिय सदस्य कोषी :-  सबु रानामगर

केन्द्रिय सदस्य कोषी :-  पदम राज रखालमगर

केन्द्रिय सदस्य कोषी :-  दिपेन्द्र आलेमगर

केन्द्रिय सदस्य भेरी :-  धर्म आलेमगर

केन्द्रिय सदस्य भेरी :- ललित बहादुर बुढामगर

केन्द्रिय सदस्य भेरी :- विष्णु रानामगर

केन्द्रिय सदस्य सगरमाथा :- विकास आलेमगर

केन्द्रिय सदस्य राप्ती :-  पूण बुढामगर

केन्द्रिय सदस्य राप्ती :-  पुष्तमान र्घर्तीमगर

केन्द्रिय सदस्य राप्ती :-  घनि कुमारी र्घर्तिमगर

केन्द्रिय सदस्य राप्ती :- जुना र्घर्तीमगर

केन्द्रिय सदस्य धौलागिरी :-  गौरी थापामगर

केन्द्रिय सदस्य धौलागिरी :-  जोकलाल बुढामगर

केन्द्रिय सदस्य धौलागिरी :-  कणबहादुर र्घर्तीमगर

केन्द्रिय सदस्य मेची :-  खगेन्द्र मगर

केन्द्रिय सदस्य जनकपुर :-  प्रदिप मगर

केन्द्रिय सदस्य जनकपुर  :- कल्पना आलेमगर

केन्द्रिय सदस्य जनकपुर :-  अम्बिका मगर

केन्द्रिय सदस्य सेती :-  प्रकाश र्घर्तीमगर

केन्द्रिय सदस्य सेती :- विष्णा थापामगर

केन्द्रिय सदस्य महाकाली :-  प्रकाश र्घर्ती

केन्द्रिय सदस्य विश्वविद्यालय टियु :-  मेकबहादुर आलेमगर

केन्द्रिय सदस्य विश्वविद्यालय टियु :- फरेन्द्र थापामगर

केन्द्रिय सदस्य प्राविधिक :-  गोजमान रानामागर

समसामयिक प्रस्तावहरु :-

नेपाल मगर विद्यार्थी संघको २०६८ माघ १३ देखि १५ गते तनहुँको दमौलिमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशन द्धारा पारित समसामयिक प्रस्तावहरु :-

१) मातृ भाषामा उच्च तहसम्म पठन पाठनको ग्यारेन्टी सहित विद्यमान शिक्षा प्रणालीको अन्त्य गरि वैज्ञानिक, व्यवहारिक र संघीय शिक्षा प्रणाली तत्काल लागू गरिन र्पर्दछ ।

२) शिक्षामा भैरहेको नीजिकरण, व्यापारिकरण र व्यवसायीकरणको अन्त्य गर्दै शिक्षामा विद्यमान नीजि र सरकारी क्षेत्रको शैक्षिक गुणस्तरमा एकरुपता कायम गरिनपर्दछ ।

३) शैक्षिक क्षेत्रमा गरिएको जातीय, भाषिक, सांस्कृतिक, लैङ्गकि, वर्गीय र क्षेत्रीय असमानता र विभेदको तत्काल अन्त्य गरिन र्पर्दछ ।

४) शिक्षाको उद्देश्य प्रष्ट रुपले किटान गरि तदनुरुप शिक्षानीति, योजना र कार्यान्वयन प्रक्रियाको तर्जुमा गरिन र्पर्दछ ।

५) अन्तराष्ट्रिय श्रम संगठन सन्धि नं. १६९ लगायत संयुक्त राष्ट्र संघ र अन्य अन्तर्रर्ााट्रय नियोगद्धारा जारि गरिएका घोषणापत्रहरुको कार्यान्वयन गरिनर् पर्दछ ।

६) जातीय, वर्गीय, भाषिक र क्षेत्रीय उत्पीडन लगायत बहु आधारमा संघीय राज्यको निर्माण संविधानसभा राज्यपर्ुनसंरचना छुटेका ऐतिहासिक मगरातभूमि समेटिनर् पर्दछ ।

७) मगरात स्वायत्त, उपस्वायत्त र स्थानीय -इलाका, गाउँ) स्वायत्त राज्य बाहेक अन्य राज्यमा बसोबास गर्ने मगरहरुलाई र हरेक तहको राज्य सभामा न्यूनतम एक जना प्रतिनिधित्वको सुनिश्चित गरिनर् पर्दछ ।

८) तोकिएको समय सीमा भित्र सबै जाति, भाषा, वर्ग, लिङ्ग र क्षेत्रका जनसमुदायका माग र मुद्दाहरु समेटिएको र्सार्थक संविधान निर्माण गरिनर् पर्दछ ।

९) नयाँ संविधान निर्माणमा मगर लगायत आदिवासी जनजाति संघ संस्थाद्धारा पेश गरिएका सुझावहरु अक्षरस समावेश गरिनर् पर्दछ ।

१०) जनअधिकार स्थापित गर्ने क्रममा १९३३ फागुन ३ गते गोरखा मनकामनामा विरगति प्राप्त गर्नुभएका प्रथम सहिद लखन थापामगरलाई अविलम्ब प्रथम शहिद घोषणा गरिनर् पर्दछ ।

११) मगरहरुको परम्परागत चाडहरु, चण्डीपूर्णर्मा, भूम्या पर्व र रोर्ङपर्वलाई मगरहरुको राष्ट्रिय पर्व घोषणा गरिन र्पर्दछ ।

१२) राजनीतिक दलहरुबीच विद्यमान अस्वस्थ प्रतिष्पर्धा, असमझदारी, असहमति, बेमेल र बैमनस्यताको वातावरणको तत्काल अन्त्य गरि मुलुकमा शान्ति, स्थिरता कायम गर्दै शान्त, समृद्ध, समुन्नत र विकसित राष्ट्र बनाउने दिशामा दलहरु अगाडि बढ्नर् पर्दछ ।

१३) आदिवासी जनजातिहरुका प्राकृतिक श्रोतसाधन परम्परागत कृषिर् पद्धति उपचार पद्धति, परम्परागत ज्ञान, सीप, प्रविधिमा भईरहेको वैदेशिक हस्तक्षेपको तत्काल अन्त्य गरिनर् पर्दछ ।

१४) भारतीय पक्षद्धारा नवलपरासिको सुस्ता लगायतका स्थापनामा गरिएको सीमा अतिक्रमण तत्काल बन्द गरि अतिक्रमित भूमि अविलम्ब फिर्ता गरिनर् पर्दछ ।

१५) नेपाल सरकारले भर्खरै नेपाली जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएकोमा यो निर्ण्र्ाफिर्ता गरिनर्ुपर्दछ ।

अन्त्यमा यस संघको सातौं राष्ट्रिय महाधिवेशनलाई सफलतापर्ूवक सम्पन्न गर्न सबै प्रकारले सहयोग गर्नुहुने नेपाल मगर संघ जिल्ला समिति तनहुँलगायत विभिन्न सरकारी तथा गै्रह सरकारी संघ संस्था, उद्योगी, व्यापारी, पत्रकार, शिक्षक, विद्यार्थीलगायत सम्पूर्ण  मगर समुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

..................... .......................
बलबीर बुढामगर, रेनुका काउचामगर
महासचिव, अध्यक्ष

 

स्विनडनमा देउसी भैलो कार्यक्रम

Print

swindon-dipawali-2011

यहि २२ अक्टोबर २०११ तारिखका दिन सुइन्डन स्थीत सुपरम्यारिन रग्बी क्लवको हलमा मगर संघ युके सुइन्डन शाखा कमिटिले सांस्कृतिक सहअस्तित्वलाई ध्यानमा राख्दै यस बर्षको तिहार पनि एक भब्य द्यौसी भैलो कार्यक्रमको अfयोजना गरी मनाएको छ । मगर संघ युके, केन्द्रिय समितिका सभापति मे.रि.श्री कुल बहादुर थापा मगर ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व मगर संघ युके सुइन्डन शाखा कमिटिका सभापति श्री मोहन थापामगर ज्यूले गर्नु भएको थियो । संघका सचिव श्री राजु रानामगर र संचार सचिव श्री रिम गलामीमगरले संचालन गरेको उक्त कार्यक्रममा बिशेष अतिथिको रूपमा विलशायर नेपाली संघका  अध्यक्ष क्या. रि. श्री खिम थापामगर ज्यू हुनुहुन्थ्यो भने त्यस्तै अन्य अतिथिहरूमा मगर संघ युके केन्द्रिय कमिटिका सल्लाहकार मेजर श्री सन्त पुनमगर ज्यू, किरात राई यायोक्खा सुइन्डन शाखा कमिटिका अध्यक्ष श्री धन राई ज्यू, साथै सोही समाजका कोषाध्यIf श्री जगत राई ज्यू, किरात याक्थुम चुम्लुङ सुइन्डन शाखाका उपाध्यक्ष श्रीमति कोपिला सुब्बा ज्यू, सोही समाजका सल्लाहकार श्री राम कुमार लिम्बु ज्यू, मगर संघ युके रशमुर शाखाका सदस्य श्री हिरा बहादुर पुनमगर ज्यू, मगर महिला संघ रशमुर शाखाका अध्यक्ष श्रीमति छबिमाया पुनमगर ज्यू हुनुहुन्थ्यो । कार्यक्रममा प्राय सबै अतिथिहरूले तिहारको अबसरमा आफनो शुभ कामना मन्तब्य राख्नु भएको थियो । त्यसैगरी यस वर्ष युकेको बिभिन्न स्कूल,कलेज र यूनिभरसिटिबाट जि.सि.एस.ई., ए. लेवल र ग्रेजुयट डिग्रीको अन्तिम परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने सुइन्डन शाखा अन्तर्गतका मगर बिद्यार्थीहरूलाई प्रमुख अतिथि, बिशेष अतिथि र सल्लाहकारहरू क्रमशः मे.रि. कुल बहादुर थापामगर, रि.क्या. खिम थापामगर र मेजर सन्त पुनमगर ज्यूद्वारा हार्दिक बधाई तथा शुभ कामना दिदै प्रसंशा पत्र प्रदान गरिएको थियो । प्रसंशित हुने मगर बिद्यार्थीहरूमा जि.सि.एस.ई. उत्तिर्ण गर्नेहरू सृजना पुनमगर, आश्मा पुनमगर, बिवेक गलामीमगर, अशिम थापामगर, तिर्सना थापामगर, l;h{gf yfkfdu/, एलिसा थापामगर, सरोज थापामगर, निलम थापामगर, बिसन थापामगर, इशा दर्लामीमगर त्यस्तै गरी ए. लेबल उत्तिर्ण गर्नेहरूमा गंगा थापामगर, किसन श्रीसमगर, दिपेन्द्र पुनमगर, सम्झना रानामगर, पवित्रा थापामगर, सोनिका कालामगर, सुमन सारूमगर, सुनिल सारूमगर र ग्रेजुयट डिग्री उत्तिर्ण गर्नेमा शोमन रानामगर हुनुहुन्थ्यो ।

कार्यक्रमको दोस्रो चरणमा सांस्कृतिक बिभाग प्रमुख लोक थापामगर र सोही बिभागका सहप्रमुख नेप घर्तिमगरले संचालन गरेको द्यौसी भैलो कार्यक्रममा कलाकारहरू लगायत महिला दिदी बहिनीहरूको पनि सहभागिता थियो भने अन्य सांस्कृतिक कोशेलीहरूलाई प्रस्तुत गर्नको निम्ति खेलकूद बिभाग प्रमुख भिम पुनमगर, मगर महिला समितिका सदस्य श्रीमति नानु रानामगर,सोही समितिका सदस्य श्रीमति इन्दिरा गलामीमगर र सास्कृतिक समितिका सदस्यहरू सुश्री ललिता थापामगर, सम्झना रानामगर, गंगा थापामगर र बिवेक गलामीमगरले बिशेष भुमिका निर्भाह गर्नुभएको थियो । म्यूजिक अपरेटरमा मनोरञ्जन बिभाग प्रमुख ललित गर्बुजामगर र समाजका सदस्य नर बहादुर रानामगर हुनुहुन्थ्यो । संघका उपाध्यक्ष श्री बिल श्रीसमगरको नेतृत्वमा कोषाध्यक्ष पिताम्बर रानामगर, सदस्यहरू प्रेम थापामगर, भिम श्रीसमगर, रूक पुनमगर, दिपक थापामगर, देउजीत तिलिजामगर, राज बुढामगर, खिम रोकामगर हरूको संयुक्त प्रयासमा कार्यक्रमको सुरक्षा तथा व्यवस्थापन सम्बन्धि कार्य सम्पन्न गरिएको थियो । इलेक्ट्रोनिक पत्र मार्फत संस्थाका हरेक साधारण सदस्यहरूको घर दैलोमा सम्झना पुरयाउने उदेश्यले कार्यक्रमको संपूर्ण क्षण र दृश्यहरूलाई क्यामेरामा कैद गर्ने महत्वपूर्ण भूमिका संस्थाका फोटोग्राफर श्री कुमार पुनमगर ज्यूले निभाउनु भएको थियो ।

अन्तमा कार्यक्रम पूर्णरूपले सफल पार्नको निम्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सहयोग गर्नु हुने सम्पूर्ण सबैमा बिशेष धन्यबाद ज्ञापन गर्नु हुदै मगर महिला संयोजक समितिका संयोजक श्रीमति बिष्णु श्रीसमगरले कार्यक्रमsf] समापन गर्नु भएको थियो ।

रिम गलामीमगर

 
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  Next 
  •  End 
  • »
Page 1 of 6